डडेल्धुरामा भारी हिमपात भएको छ । एक्कासी मौसममा आएको परिवर्तनसँगै बढेको चिसोले सुदूरपश्चिमका ९ वटा र तराईका कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।
बिहिबार रातिदेखि भएको हिमपातले डडेल्धुरा,बैतडी,दार्चुला,बझाङ्ग,डोटी,अछाम र बाजुरा लगायतका जिल्ला प्रभावित भएका छन् । हिमपातका कारण भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सवारी साधन सञ्चालनमा नआएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
हिमापात नरोकिएकाले राजमार्ग खुलाउने काम समस्या भएको प्रजिअ पौडेलले बताए । राजमार्ग खुलाउन स्थानीय सरकारबाट स्काभेटर र जेसीभी मगाएकाे उनले बताए । यसवर्ष समयमा वर्षा भएका कारण हिउदेवाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।